ताजा खबर विदेश News

जापानमा एक व्यक्तिलेगरे १९ अपांगको हत्या

जापानमा एक व्यक्तिलेगरे १९ अपांगको हत्या

Japan साउन ११ ।  जापानमा अपाङ्गता भएकाहरुको आवसीय सेवा केन्द्रमा गरिएको चक्कु हमलामा कम्तीमा १९ जना मारिएका छन् । स्थानीय संचार माध्यमका अनुसार अन्य ४५ जना घाइते भएका छन् । सगामिहारा शहरमा मंगलबार सबेरै उक्त घटना भएको हो । उक्त आक्रमणको जिम्मा लिदैँ प्रहरी चौकीमा उपस्थित भएको हमलाकारीलाई पक्राउ गरिएको छ ।

Jp२६ वर्षिय हमलाकारी टोक्योबाट २५ माइल दक्षिण पश्चिममा रहेको शुक्युइ यामायुरी गार्डेनको पूर्व कर्मचारी भएको बताइएको छ । मानसिक रुपमा अशक्त भएका व्यक्तिहरु राखिने उक्त केन्द्रमा स्थानीय समय अनुसार बिहानको अढाइ बजे प्रवेश गरी उसले त्यहाँ बासिरहेका मानिसहरुलाई चक्कुले हमला गरेको थियो । १४९ जना मानिसहरु स्थायी बसोबास गर्ने गरेको उक्त केन्द्रमा त्यस बेला आठ जना काममा खटिएका थिए ।

Japan

विशेष