मादीले कास्कीको सोधा गाउँका तीन घर बगायो
साउन ११ । सोमबार राती देखी परेको अविरल वर्षाका कारण मादी नदीमा बाढी आएपछि कास्कीको पार्चे गाविसका १ सोधा गाउँका तिन घर बगाएका छन् । बर्षासँगै मादी नदी उर्लिएर बस्ती नै बगाउने गरि कटान गरेको हो । नदीले अशोक भुजेल, बालसिहं भुजेल घर बगाएको छ भने गाउँघर किल्निक र विद्यालयका पुरानो भवन बगाएको स्थानीय यमन गुरुङले जानकारी दिए ।
उनले आसमाया गुरुङ, पुष्पा गुरुङ, गोपाल गुरुङ, तुलसी घर्ती, चित्रकुमारी गुरुङ, भौमाया क्षेत्रीको घर जोखिममा परेको छ । उनीहरु घरमा बस्ने स्थिती नभए पछि गाउँ भन्दा माथि रहेको दुधपोखरी माविमा बसे गुरुङले जानकारी दिए । बाढीले खेतीयोग्य जमिन समेत कटान गरेको छ । नदीको कटान बढ्दै गएकाले जोखिम निकै बढेको उनले बताए ।
badhi