ताजा खबर News

बाढी र पहिरोमा पाँचको मृत्यु, ६ बेपत्ता

बाढी र पहिरोमा पाँचको मृत्यु, ६ बेपत्ता

1

साउन ११ । दुई सातादेखिको वर्षाका कारण सुनसरीका ११ गाविस, तीन नगरपालिका र एक उपमहानगरपालिका क्षेत्रका १७ सय घर डुबानमा परेका छन् । डुबानमा परेका स्थानीय विस्थापित भएर छिमेकी, आफन्त र उच्च भागमा शरणार्थी भएर बसिरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईंले बताए ।

जिल्लाको दुहबी भलुवामा १५ घर तथा सोमबार बक्लौरी–३ मा सेउती खोलाको कटानबाट तीन घर बगाएको चापागाईंले जानकारी दिए । स्थानीय पुष्प प्याकुरेलका अनुसार सेउती खोलामा आएको बाढीले अर्जुन श्रेष्ठ, श्रवण खवास र भोलाकाजी राईको घर बगाएको छ । सो क्षेत्रमा नेपाली सेना र नेपाल प्रहरीले उद्धार कार्य गरिरहेको प्याकुरेलले बताए । बारा र पर्साका अधिकांश भूभाग डुबानमा दुई दिनदेखि परेको अविरल वर्षाका कारण बारा र पर्साका अधिकांश भाग डुबानमा परेका छन् ।

पर्सा सदरमुकाम वीरगन्जका रानीघाट, पानीटंकी, जेलरोडलगायतका भूभाग जलमग्न भएका छन् । बाराको सिमरा, कलैयालगायतका बजारमा ढल निकासको उचित व्यवस्था नहुँदा वर्षात्को पानी जम्मा भएर मूल सडक तालजस्तै बनेका छन् । सिमरास्थित नेपाल विद्युत् प्राधिकरणको ‘पावर हाउस’ डुबानमा परेपछि विद्युत् उपकरणसमेत पानीमा डुबेका छन् ।

विशेष