अपराध सुरक्षा ताजा खबर News

मैनाली विरुद्ध सर्वोच्चमा मुद्धा

मैनाली विरुद्ध सर्वोच्चमा मुद्धा

Mainali

उपप्रधान, महिला बालबालिका तथा समाजकल्याण मन्त्री सीपी मैनालीले जाँदाजाँदै गैरकानुनी रुपमा राष्ट्रिय अपांगकोषको सभापतिबाट हटाएको दाबीसहित सोमबार सर्वोच्च अदालतमा रित दायर गरिएको छ । कानुनअनुुरुप तोकेर चार वर्षका लागि कोषको सभापतिमा नियुुति गरिएका नितेशकुमार गुप्ताले पुनर्बहालीको मागसहित रित दिएका हुन् ।

गुप्तालाई दुई वर्ष अघि तत्कालीन महिला तथा बालबालिका तथा समनजकल्याण मन्त्री नीलम केसी (मैनाली पत्नी )ले सभापतिमा नियुत गरेकी थिइन् । पदावधि एक वर्ष नौ महिना बाँकी रहेको अबस्थामा प्रायोजित रुपमा आफूलाई सभापतिबाट हटाएर कार्यकर्ता भर्ती गर्ने र आरोपित गर्नकै लागि हतारमा कोष नियमावली संशोधन गरेको भनाइ गुप्ता को छ । ‘कोषको सभापति बस्ने कार्य कक्षमा मन्त्री मैनाली स्वयम् उपस्थित भएर तानाशाही शैलीमा ताल्चा फुटाएर कार्यलय खोली आफ्नो कार्यकर्ता खटाएकी छन् रिट दर्ता गर्नु अघि आयोजित पत्रकार सम्मेलन मा गुप्ताले भने । मैनालीका कारण कोषको करोडौं रकम फ्रिज भई सबै कामकाज ठप्प भएको र सेवाग्राहीको भुतानीसमेत रोकिएको भनाइ गुप्ताको छ ।

नयाँ पत्रिका

CP mainali

विशेष