सौर्य उर्जाबाट सञ्चालित पहिलो विमान अबुधाबीमा सफल अवतरण
साउन ११ । सौर्य उर्जाबाट सञ्चालित पहिलो विमानले पृथ्वीको परिक्रमा पुरा गरेको छ । गत बर्षको मार्च ९ तारिख युनाइटेड अरब इमिरेट्सको अबुधाबीबाट आफ्नो उडान थालेको विमानले पुनः अबुधाबीमा अवरतण गरेपछि यात्रा पुरा गरेको हो ।
पृथ्वीको परिक्रमाका क्रममा विमानले ४ वटा महादेश, ३ वटा समुन्द्र र २ वटा महासागर गरी ३५ हजार किलोमिटरको दुरी पार गरेको छ । कारको जत्रो तौल भएको सो विमान बोइङ ७४७ को पंखा जडान गरिएको थियो । विमानमा १७ हजार सौर्य ब्याट्रि प्रयोग गरिएको थियो ।
surya biman