ताजा खबर News

लोकमानले टेरेनन सुशासन समितिलाई, भन्छन् घाँटीमा समस्या छ

लोकमानले टेरेनन सुशासन समितिलाई, भन्छन् घाँटीमा समस्या छ

Lok_Man-Singh-Karki काठमाडौं साउन ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीसहित सबै पदाधिकारीलाई संसदको सुशासन समितिले छलफलका लागि बोलाए पनि आज कोही उपस्थित भएनन् । अख्तियारको तर्फबाट सुशासन समितिको अहिले जारी बैठकमा सचिव शान्तराज सुवेदी उपस्थित छन् ।

सचिव सुवेदीमार्फत चिठ्ठी पठाएर अख्तियार प्रमुख लोकमानसिंह कार्कीले उपस्थित हुन नसक्ने जनाएका छन् । चिठ्ठीमा कार्कीले आफ्नो घाँटीमा संक्रमण भएको भन्दै चिकित्सकले एक साता नबोल भनेर सुझाव दिएको बताएका छन् । अख्तियारले काठमाडौं विश्वविद्यालयको मेडिकल प्रवेश परीक्षामा हस्तक्षेप गरेको बिषयमा छलफलका लागि सुशासन समितिले अघिल्लो बैठकमा अख्तियार प्रमुख कार्कीसहित सबै पदाधिकारीलाई उपस्थित हुन निर्देशन दिएको थियो । सुशासन समितिको बैठक जारी छ ।

विभिन्न सांसदहरुले लोकमानलाई चाँडै जनप्रतिनिमाझ आउन भन्दै अख्तियारको भूमिकाबारे जनता सडकमा निस्किन थालेकाले संसदले यसको सम्बोधन गर्नुपर्ने धारणा राखेका छन् ।

lokman

विशेष