विदेश

विश्वकप खेल्ने देशको संख्या बढाउँदै फिफा अध्यक्ष इन्फान्तिनो

विश्वकप खेल्ने देशको संख्या बढाउँदै फिफा अध्यक्ष इन्फान्तिनो
fifaसाउन – ११ । १० बर्षपछिको विश्वकप खेल्ने देशको संख्या बढाएर ४० टोलीको सहभागीतामा खेलाइने भएको छ । सो भन्दा पहिला ३२ देशले खेल्दै आइरहेको थिए । विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियान्नी इन्फान्तिनोले सो कुराको जानकारी दिएका छन् । पूर्व समकक्षी सेप ब्लाटर संस्थालाई अव्यवस्थित बनाउदै बाहिरिएका थिए । हालै नियुक्त भएका अध्यक्ष इन्फान्तिनोको लक्ष्य विश्वकपको आकार ठूलो बनाउने रहेको छ । उनले दुई अफ्रिकन मुलुकको सहभागिता गराउने गरी प्रक्रिया सुरु गरेको छ । नाइजेरियाको भ्रमणमा रहेका अध्यक्ष इन्फान्तिनोले सोमबार सो कुराको पुष्टी गरेका हुन् । इन्फान्तिनोले भने ‘मेरो बिचारमा सन् २०२६ को विश्वकपमा संभवतः ४० टोलीको सहभागिता रहनेछ । नयाँ आठ मुलुकमध्ये कम्तिमा २ टोली अफ्रिकाबाट हुनेछन् ।’

Fifa football

विशेष