विदेश

नेदरल्याण्डका पुरुष र लाट्भियाका महिला विश्वको सबैभन्दा अग्ला

नेदरल्याण्डका पुरुष र लाट्भियाका महिला विश्वको सबैभन्दा अग्ला
height-chart-silhouettesसाउन – ११ । शोध पत्रिका इलाइफले भर्खरै सार्वजानिक गरेको अध्ययनले युरोपेली देश लाट्भियाका महिला संसारभरिका अरु देशका महिलाभन्दा अग्ला भएको निष्कर्ष निकालेको छ । उक्त पत्रिकाले गरेको अध्यन अनुसार नेदरल्याण्डका पुरुष सबैभन्दा अग्ला हुन्छन् । नेदरल्याण्डका पुरुषको औसत उचाई १ सय ८३ सेन्टिमिटर हुन्छ भने लाट्भियाका महिलाको औसत उचाई १ सय ७० सेन्टिमिटर हुन्छ ।  सो पत्रिकाका अनुसार ग्वाटेमालाका महिला संसारका अरु देशका महिलाभन्दा होचा हुन्छन् भने पूर्वी टिमोरका पुरुषको उचाई अरु देशका पुरुषको भन्दा कम हुन्छ । जापान, चीन र दक्षिण कोरिया मानिसको औसत उचाई सय वर्ष पहिलेको भन्दा बढेको छ । दक्षिण एसियाली देशका मानिसहरुको उचाईमा भने कुनै परिवर्तन आएको छैन । पत्रिकाले सन् १९१४ पछि सय वर्षमा १ सय ८७ देशका मानिसको औसत उचाईमा आएको परिवर्तनबारे अध्ययन गरेको छ । जसअनुसार दक्षिण कोरिया महिला र इरानका पुरुषको औसत उचाई बढिरहेको छ भने अमेरिकी महिला र पुरुषको औसत उचाई घटिरहेको छ ।

height

विशेष