राजनीति News

चित्रबहादुर केसी प्रधानमन्त्रीको उम्मेदवार ! कडकिदै दिए केसीले यस्तो जवाफ

चित्रबहादुर केसी प्रधानमन्त्रीको उम्मेदवार ! कडकिदै दिए केसीले यस्तो जवाफ

साउन - ११ । काँग्रेसको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने निश्चितजस्तै भएका बखत अर्को चर्चा राजनीतिकवृत्तमा चलेको छ । त्यो होः एमालेको समर्थनमा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी प्रधानमन्त्रीको उम्मेदवार बन्ने । नेपाल आजले यही चर्चाका बारेमा केसीलाई प्रश्न गरेको थियो । उनले आफ्नो चर्चा कस्ले चलाएको भन्दै कड्किए ।

केही संचारमाध्यममा समाचार आएको बताएपछि उनि आफ्नो नाम कस्ले लेख्यो भन्दै आक्रोशित भएका थिए । केसीको जवाफ जस्ताको तस्तै यहां लिपिवद्ध गरिएको छ । म एमालेको सर्मथनमा प्रधानमन्त्रीको उम्मेदवार बन्ने कुरा हल्ला मात्रै हो । यस्तो वाहियात कुरा कसले चलाइरहेको छ ? यो सब बेकारको कुरा हो । मलाई नै थाहा छैन म उम्मेदवार भन्ने । मलाई यो बारेमा केही थाहा छैन ।

कसले किन यस्तो कुरा गरिरहेको छ ? बरु एमालले लाई नै सोध्नुस खास कुरा के हो । कुरो साच्चि नै भएको भए म उम्मेदारलाई थाहा भईहाल्थ्यो नी । म भन्दा अगाडि तपाईहरुलाई कसरि थाहा भयो ? हावा नचली पात हल्लिदैन तर यो चोटी हावा नचली पात हल्लियो की ?मलाई एमालेले केही नभनेकाले यो कुरा बकवास हो । अनावश्यक वाहियात हल्ला फिजाएको मात्र हो । म प्रधानमन्त्रीको उम्मेदावर हुँने बारेमा एमालेसँग कुनै कुरै भएको छैन । एमालेले मसँग प्रस्तावपनि गरेको छैन । बुझ्दै नबुझि समाचार पनि बनाउन हुन्छ ? तपाईहरुले ठीक गर्नुभयो । मिलाएर लेख्नुहोला । (टेलिफोन कुराकानीमा आधारित)

Chitra Bahadru KC Pradhan Mantri Rastriya Janmorcha Nepal

विशेष