विदेश

जापानकाे एक स्याहार केन्द्रमा चक्कु अाक्रमण, १९ को मृत्यु

जापानकाे एक स्याहार केन्द्रमा चक्कु अाक्रमण, १९ को मृत्यु
Japan साउन - ११ । जापानको सागामिहारा शहरमा एकजना व्यक्तिले मानसिक रोगीहरूको स्याहार केन्द्रमा चक्कुले आक्रमण गरी १९ जनाको हत्या गरेको छन् । सागामिहारा शहरमा भएको घटनामा २६ जना घाइते भएका छन् । यस्ता खालका घटना जापानमा दुर्लभै हुने गर्छन् र यो दशकौंको अवधिमा सबभन्दा खराब नरसंहार हो । प्रहरीले एकजना स्थानीयलाई पक्राउ गरेको छ । उक्त व्यक्ति स्याहार केन्द्रको पूर्व कर्मचारी रहेको बताइन्छ । उसले नजिकै रहेको प्रहरी चौकीमा गएर उक्त आक्रमण आफूले गरेको स्वीकारेका छन् । अपांगहरूलाई बेपत्ता बनाउन चाहेको भनी उसले प्रहरीलाई बयान दिएको बताइएको छ । यो आक्रमणले पूरै जापान स्तब्ध भएको छ । जापान संसारकै सुरक्षित देशहरूमध्ये पर्छ । स्थानीय सञ्चारमाध्यमले उक्त व्यक्तिको नाम सातोशी उएमाचु बताएका छन् । अधिकारीहरूले यो आतंकवादी घटना नभएको बताएका छन् ।

Japan Knife

विशेष