देश News

बाधा अड्काउ फुकाउ अादेश बहुमतले पारित

बाधा अड्काउ फुकाउ अादेश बहुमतले पारित
samsadसाउन – ११ । व्यवस्थापिका संसदले राष्ट्रपतिबाट जारी भएको बाधा अड्काउ फुकाउ सम्बन्धी आदेश बहुमतले पारित गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बाधा अड्काउ फुकाउ आदेश जारी गरेकी थिइन् । नयाँ सरकार गठनको लागि प्रष्ट व्यवस्था नभएको भन्दै मन्त्रिपरिषद्ले राष्ट्रपति समक्ष बाधा अड्काउ फुकाउको लागि सिफारिस गरेको थियो । बाधा अड्काउ फुकाउको विषयमा संसदमा उठेका प्रश्नहरुको कानुनमन्त्री अग्नी खरेलले उत्तर दिएका थिए । उनले नयाँ सरकार गठनलाइ सहज बनाउन बाधा अड्काउ फुकाउनेबारे राष्ट्रपतिसमक्ष सिफारिस गरेको बताए ।

BICC Samsad

विशेष