ताजा खबर देश News

राप्ती नदीमा १२ वर्ष यताकै सबैभन्दा ठूलो बाढी, सयाैं विस्थापित

राप्ती नदीमा १२ वर्ष यताकै सबैभन्दा ठूलो बाढी, सयाैं विस्थापित
rapti floodसाउन – ११ । सोमबारदेखिको अविरल वर्षापछि राप्ती नदीमा बाढी आएको छ । राप्ती नदीमा मंगलबार आएको बाढी १२ वर्ष यताकै सबैभन्दा ठूलो भएको बताईएको छ । बाढीले देउखुरीका विभिन्न स्थानगरी १ सयभन्दा बढी घर डुबानमा परेका छन् । साथै ६ घर बगाएको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ । बाढीले देउखुरीको सतबरियामा सबैभन्दा बढी ६० घर डुबाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी प्रकाशराज शर्माका अनुसार सतवरियाको २, ४ र ६ नम्बर वडाका ६० घर डुबेका छन् । बाढीका कारण कच्ची घरहरु त्यहाँ भत्किएको पनि उनले वताए । यसैगरी देउखुरीकै लमही नगरपालिका ९ बलरामपुर गाउँका १६ घर, लमही ७ मा १७ घर र लमही २ मा ५ घर समेत डुबेका छन् । स्रोतका अनुसार सिसहनीयामा पनि ५ घर डुबेका छन् । देउखुरीको बेला गाविस २ मा ५घर साथै १ मा एक घर बगेको डिएसपी शर्माले वताए । राप्तीको बाढीले विभिन्न स्थान डुवानमा परे पनि मानवीय र पशुचौपायाको क्षती भने नभएको शर्माले बताए । घर डुबानमा परेपछि स्थानीयहरु विस्थापित भएका छन् । उनीहरु गाउँकै सुरक्षित स्थलमा बसेका छन् । मंगलबार बेलुकासम्म पनि राप्तीमा पानीको बहाव नघटेकाले स्थानीयमा बाढीको त्रास कायमै छ । यस्तै राप्तीले कैयौँ खेतीयोग्य जमीन समेत कटान गरेको छ ।

dang Flood Rapti river

विशेष