देश News

कर्णाली र बबईकाे जलस्तर पहिलो चेतावनी लेबलमा

कर्णाली र बबईकाे जलस्तर पहिलो चेतावनी लेबलमा
water lavelसाउन – ११ । बबई र कर्णाली नदिको जलस्तर बढ्दै जाँदा बर्दियाका कैयौँ क्षेत्रमा बाढीको जोखिम बढेको छ । बाढीको कारण भुरीगाउँको निकुन्ज पोष्टका कर्मचारीलाई स्थानीय पहलमा उद्दार गरिएको छ । बाढीले नदी बढेपछि पर्यटकीय क्षेत्र ठाकुरद्धारको आवागमन ठप्प भएको छ । मंगलवार बबईमा जलस्तर ५ मिटर ७० सेन्टिमिटर मापन गरिएको छ भने कर्णालीमा १० मिटर मापन गरिएको छ । कर्णाली र बबई नदीमा जलस्तर पहिलो चेतावनी लेबलको हाराहारीमा पुगिसेको सहायक प्रजिअ श्रीनाथ पौडेलले बताए । कर्णाली र बबईमा जलस्तर मापन भएको ठाउँबाट तल्लो वेल्टमा पानी आउन समय लाग्ने भएकोले प्रशासनले सर्तकर्ता अपनाउन आग्रह गरीएको छ । तीन दिन आएको अबिरल वर्षाले कर्णाली नदीमा पानीको सतह बढेपछि दौलतपुरमा बाढी पस्ने जोखिम बढेको छ । नदीको सतह बढे लगत्तै स्थानीय प्रशासनले पूर्व सर्तकताको लागि सर्वसाधरणलाई सचेत हुन आग्रह गरेकाले ठूलो नोक्सानी भने भएको छैन ।

Babai badhi Karnali upper karnali

विशेष