News

नेपाल र चीनबीचको व्यापारिक कारोबार ठप्प

नेपाल र चीनबीचको व्यापारिक कारोबार ठप्प
साउन – ११ । पहिरोका कारण मंगलबार बिहानदेखि स्याफ्रू टिमुरे खण्डको सडक अवरोध हुँदा नेपाल र चीनबीचको व्यापारिक कारोबार ठप्प भएको छ । वृदिम गाविस–१ फ्याङ्लुङ पाखाबाट झरेको पहिरोले सडकको सतह पुरी आवतजावतमा समेत अवरोध पुर्याएको छ । सामान लिन केरुङतर्फ जाँदै गरेका ५० भन्दा बढी कन्टेनर बीच सडकमा अलपत्र परेको बताइएको छ । वर्षाका कारण स्याफ्रूबेँसीदेखि रसुवागढीसम्म विभिन्न भागमा स–साना पहिरो जाने क्रम बढेको र पहिराकै कारण मेदानखुदुङमा बिजुलीको तार चुँडिएर टिमुरे रसुवागढी क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ । जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार ठाडो भिरको पहिरो बढी जोखिमपूर्ण भएकाले सावधानीपूर्वक सडकको अवरोध हटाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको जानारी दिए । रासस

badhi Chaina nepal

विशेष