खहरे खोलाकाे बाढीले १८ परिवार विस्थाप
साउन - ११ । उदयपुर, ठोक्सिला गाविस– १ डुम्रिबोटेमा सोमबार स्थानीय खहरे खोलामा आएको बाढीले दुई दुई घर र गोठ बगाउँदा १८ परिवार विस्थापन भएका छन् ।
सोमबार बिहानैदेखि आएको बाढी बढ्दै गएर स्थानीयवासी जसदत्त राई र कुमार राईको घर र दुई गोठ बाढीले बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरमा बाढी पस्नेबित्तिकै दुवै राईका परिवार भने घर बाहिर निस्केर छिमेकीका घरमा शरण लिइरहेको प्रहरी उपरीक्षक नरबहादुर केसीले बताए।
जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठक बसेर पीडित परिवारका लागि राहत व्यवस्थापन गर्न लागिएको प्रहरी प्रमुख केसीले बताए। रासस