राजनीति News

भारतले मार्ला भन्ने प्रचण्डको डरदेखि व्याजसहित भारतलाई ऋण तिर्छु भन्नेसम्मको खुलाशा

भारतले मार्ला भन्ने प्रचण्डको डरदेखि व्याजसहित भारतलाई ऋण तिर्छु भन्नेसम्मको खुलाशा
साउन - ११ । भारतीय चर्चित पत्रिका हिन्दुस्थान टाइम्सको अनलाइन संस्करणमा भावि प्रधानमन्त्रीका रुपमा हेरिएका प्रचण्डसम्बन्धी विवादस्पत् रिपोर्ट छापिएको छ । भारतीय कुटनीतिज्ञलाई हवाला दिंदै प्रचण्डले भारतलाई ब्याजसहित ऋण तिर्छु भनेको उल्लेख गरिएको छ । भारतले आफुलाई ४ पटक साथ दिएको र चार पटक घात गरेको भनि प्रचण्डले आफुलाई भनेको भनि अमरशेकुमार सिंहलाई उदृत गरिएको छ । prachanda 1 नेपाली पत्रकार प्रशान्त झाको सो रिपोर्टमा प्रचण्डले भारतले आफुलाई मार्ने योजना बनाएको गोप्य कागजात फेला पारेपछि भारतीय कुटनीतिज्ञलाई बोलाएर देखाएको सनसनीपूर्ण खबर छ । भारत सरकारका सुरक्षा सल्लाहकारसमक्ष सो कुरा रिपोर्ट भएको र डोभल खित्का छाडेर हासेको पनि हिन्दुस्थान टाइम्स्मा उल्लेख छ । प्रचण्डले पार्टीका नेताले भारतीय गुप्तचर निकायबाट प्राप्त गरेको भनिएको सो डकुमेन्टमा कुनै सत्यता नभएका कारण डोभल हाँसेको समाचारमा उल्लेख गरिएको छ । समाचारको शीर्षकपनि कडा छ । आशंकादेखि सहकार्यसम्मः कसरी माओवादी ओलीलाई अपदस्त गर्न भारततर्फ फर्के भन्ने शीर्षकजस्तै समाचारपनि कडा छ । समाचारमा उठाइएका प्रसंगले प्रचण्डको सिंहदरबार आरोहलाई झनै संशययुक्त बनाउने देखिन्छ । सामाजिक संजालमा समाचारको सत्यतथ्यका बारेमा प्रचण्डले मुख खोल्नुपर्ने आवाज उठेको छ । आलोचकहरुले प्रचण्ड भारतसँग झुकेको प्रमाणका रुपमा समाचारलाई उदृत गर्ने गरेका छन् ।

Hindustan time India Prachanda

विशेष