खेल News

राष्ट्रपतिद्वारा ओलम्पिक– २०१६ मा सहभागी खेलाडीलार्इ बिधाइ

राष्ट्रपतिद्वारा ओलम्पिक– २०१६ मा सहभागी खेलाडीलार्इ बिधाइ
साउन - ११ । ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक– २०१६ मा सहभागी हुने खेलाडीसहितको नेपाली टोलीकाे मंगलबार बिदाइ गरिएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले महाराजगन्जस्थित शितल निवासमा बिदाइ गरिन् । Rastra Pati Bidhya Debi Bhandari अगष्ट ५ देखि २१ तारिखसम्म हुने गृष्मकालीन ओलम्पिकको ३१ औं संस्करणमा ५ खेलमा ७ खेलाडी सहभागिता जनाउने छन् । एथलेटिक्सको पुरुष ५ हजार मिटर दौडमा हरिकुमार रिमाल र महिला १ हजार ५ सय मिटर दौडमा सरस्वती भट्टराईले सहभागिता जनाउने छन् । त्यस्तै पाैडीमा पुरुष १ सय मिटर फ्रिस्टायलामा शिरीष गुरुङ र महिला १ सय मिटर ब्याकस्ट्रोकमा गौरिका सिंहले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । Bidhaya Debi Bhadari- Nepali players जुडोको महिला ६३ केजीमा फुपुल्हामु खत्री, तेक्वान्दोको महिला ६७ केजीमाथि निशा रावल तथा आर्चरीको पुरुष व्यक्तिगत रिकर्भ ७० मिटर दूरीमा जितबहादुर मोक्तानले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकतर्फ पौडीमा ईश्वरकुमार कार्की, जुडोमा देबु थापा, आर्चरीमा दीपकराज गुरुङ, एथलेटिक्समा पुष्पराज ओझा तथा तेक्वान्दोमा संगीना वैद्य रहेका छन् । Bidhya Debi Bhandari - nepali plyers टोलीको सेभ दि मिसनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट छन् । रियो ओलम्पिक टोलीका अन्य सदस्यमा नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष ज्योति राणा, महासचिव लामा टेन्डी शेर्पा, कोषाध्यक्ष रतनकुमार तण्डन, सदस्यहरु निलेन्द्रराज श्रेष्ठ, अशोकरत्न वज्राचार्य, रमेशकुमार श्रेष्ठ, समिम मियाँ अन्सारी र दीपकहर्ष वज्राचार्य तथा डा. सरोजकृष्ण श्रेष्ठ र एनओसी स्टाफ सुजनलाल श्रेष्ठ र राजन श्रेष्ठ रहेका छन् । बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिदै खेलकुद अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको पहिचान र गौरव अभिबृद्धि गर्ने महत्वपूर्ण माध्यम मध्ये एक भएको धारणा व्यक्त गरिन् ।  

bidhya debi bhandari Nepali Kheladi Olympic

विशेष