नारायणी नदी चितवनको बस्तीमा
साउन – ११ । केही दिन यताको लगातारको बर्षापछि नारायणी नदीमा पानीको बहाव बढेसँगै पानी चितवनको बस्तीमा पसेको छ ।
मंगलबार अपरान्ह चितवनको गोब्रेनी बस्तीमा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा लैजान र उद्धारका लागि नेपाली सेना, प्रहरी, स्थानीयबासी खटिरहेका छन् । नदी बस्तीमा छिरेपछि खतराको साइरन बजाएर स्थानीयबासीलाई सचेत हुन आह्वान गरीएको छ ।
लगातारको अविरल बर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ । मुलुकका ठूला तथा साना नदीहरुमा पानी बहाव बढेको र सर्वसाधारणलाई सचेत बनाउन खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । पश्चिम नेपालमा रहेको तिनाउ नदीले पुल बगाउँदा हजारौं स्थानीयको सम्पर्क विक्षेद भएको छ ।
badhi
Chitawan