रुसका ३७ खेलाडीलाई ओलम्पिक खेल्नबाट प्रतिबन्ध
साउन १२ । प्रतिबन्धित शक्तिवर्धक औषधि (डोपिङ) को आरोपमा अहिलेसम्म ३७ जना रुसी खेलाडीमाथि रियो ओलम्पिकमा खेल्न नपाउने गरी प्रतिबन्ध लागेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि आइओसीले सम्बन्धित खेलको प्रशासकीय निकायले रुसी खेलाडीले ओलम्पिकमा खेल्न पाउने नपाउने निर्णय गर्ने अधिकार दिएपछि विभिन्न खेलका अन्तर्राष्ट्रिय निकायले रुसी खेलाडीमाथि प्रतिबन्ध लगाएका छन् ।
विभिन्न खेलका प्रशासकीय निकायले विश्व एन्टी डोपिङ एजेन्सी वाडाको प्रतिवेदन अनुसार रुसी खेलाडीमाथि प्रतिबन्ध लगाएका हुन् । वाडालो रुसी खेलाडीले सरकारी सहयोगमा नै शक्ति वर्धक औषधि लिने गरेको प्रतिवेदन सार्वजनिक गर्दै रुसलाई ओलम्पिकमा पूर्ण रुपले प्रतिबन्ध लगाउनु पर्ने सिफारिस गरेको थियो । रुसले भने सबै आरोप अस्वीकार गर्दै आएको छ । ब्राजिलमा हुने रियो ओलम्पिक आउँदो अगस्ट ५ मा सुरु हुनेछ
Doping Rio Olampic