विदेश

१६ वर्ष पछि भोक हडताल को अन्त्य

१६ वर्ष पछि भोक हडताल को अन्त्य

साउन १२ । भारतीय कार्यकर्ता अमईराम शर्मिला चनुले १६ वर्षपछि भोक हडताल अन्त्य गरेकी छिन् । देशको एउटा विवादास्पद कानुनलाइ लिएर उनले १६ वर्षदखि भोक हडताल गरेकी थिइन् । आगामी ९ अगस्टमा आफ्नो विरोध अन्त्य गर्ने र स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने उनले बताइन् ।

४४ वर्षीय चनुले सशस्त्र फौज विशेष शतिm ऐन (एफएसपिए) को विरोधमा भोक हडताल गरेकी थिइन् । सो कानुनले विशेष अवस्थामा विनापुर्जी पक्राउ गर्न र गोली हान्न समेत अधिकार दिन्छ । उनलाई विगत एक दशकदेखि नाकमा एउटा ट्युब जडान गरी उनलाई जर्बजस्ती खुवाइएको छ । ‘एफएसपिए’ चनुको गृहराज्य मणिपुरलगायत भारतका विभिन्न राज्यमा लागू भएको छ ।

मंगलबार मणिपुर जिल्ला अदालत मा उनले आफू स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताइन् । उनले पछिल्लो १६ वर्ष मणिपुरस्थित एक अस्पतालको न्यायिक हिरासतमा बिताएकी छिन् ।

Bhok hadtal

विशेष