ताजा खबर विदेश News

हिलारीले रचिन इतिहास, तस्विरमा राष्ट्रपतिको उम्मेदवार मनोनय हुँदाको क्षण

हिलारीले रचिन इतिहास, तस्विरमा राष्ट्रपतिको उम्मेदवार मनोनय हुँदाको क्षण

de

अमेरिकामा पहिलो पटक राष्ट्रपतिको उम्मेदावर महिला भएकी छिन् । अमेरिकामा नोभेम्बर ८ मा हुने राष्ट्रपतिय निर्वाचनका लागि डेमोक्र्याटिकका तर्फबाट औपचारिक रुपमा पूर्व प्रथम महिला हिलारी क्लिन्टन राष्ट्रपति पदको उम्मेदवारका रुपमा चुनिएकी हुंन् । अमेरिकाको इतिहासमा नै राष्ट्रपति पदका लागि उम्मेदवार बन्ने पहिलो महिलाको इतिहास रचेकी हिलारी पूर्व राष्ट्रपति विल क्लिन्टनकी श्रीमती हुन् । उनी राष्ट्रपति निर्वाचित भए अरु थुप्रै इतिहास रचिनेछ ।

Demo

पहिलो महिला राष्ट्रपति, राष्ट्रपति दम्पत्तिदेखि थुप्रै रेकर्ड हिलारीको पोल्टामा पर्नेछ । अमेरिकाको फिलिडेल्फियामा जारी डेमोक्र्याटिक पार्टीको महाधिवेसनको दोस्रो दिन उनलाई औपचारिकरुपमा उम्मेदवार घोषणा गरिएको थियो । महाधिवेशन भव्यरुपमा जारी छ । भोलिसम्म चल्ने महाधिवेशनले चुनावी रणनीति तय गर्ने छ ।

Hilary Clinton

हिलारीलाई उम्मेदवार घोषणा गर्ने क्षण भावपूर्ण बनेको थियो । सेतो पहिरनमा देखिएकी हिलारीको मुहारमा खुशी छाएको थियो । उनलाई पति विलले साथ दिएका थिए । महाधिवेशनको पहिलो दिन ओबामा पत्नी मिसेलले हिलारीको पक्षमा गरेको भाषण विश्वचर्चित बनेको छ । उनले अमेरिकामा आप्रवासीहरुले चमत्कार गरेको भन्दै जन्ममात्र ठूलो नभएको बताएकी थिइन् ।

Hi

थुप्रै आविश्कार आप्रवाशीले गरेको र उनीहरुको उपश्थितिले अमेरिकाको सौन्दर्य बढेको भन्दै उनले प्रशंसा गरिरहदा हल तालीले गुन्जायमान भएको थियो । आप्रवासीप्रति अनुदार रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको नामै नलिइ मिसेलले कडा प्रहार गरेको भनि भाषणको चर्चा भइरहेको छ ।

Hilary Clenton

विशेष