गोविन्द केसीलाई ‘पागल’ भन्ने सहसचिव ‘पुरस्कृत’
गोविन्द केसीलाई पागल घोषणा गर्ने कृष्णहरिले दुई दिनमै ब्याकडेट राखेर क्याबिनेटबाट दिल्ली जाने अवसर पाएका छन् र दिल्लीमा अर्थ मन्त्रालयबाट इकोनोमिक काउन्सिलरको नाममा प्रतिनिधि पठाउने प्रचलन छ ।
सोहीअनुसार खिलराज रेग्मीको पालामा गएको ढुण्डीराज पोखरेलले अघिल्लाे महिनाको २३ गतेसम्म दिल्लीमा ३ वर्षे कार्यलय बिताएर नियमिंत अवकाश पाएका थिए । मकवानपुरमा सिडिओ र वैदेशिक राजगार विभागको महानिर्देशक रहिसकेका पुष्करलाई ओली सरकारले दिल्ली पठाउन लागेको हो । उनी अर्थका क्याडेटचाहिँ हैनन् ।
यसबिच, दुई साता अघि दिल्लीमा दुई कूटनितिज्ञले कुर्सी हानाहान गरेपछि ती दुवैको स्पष्टिकरणप्रति चित्त नबुझेर सरकारले न्यूयोर्क मिसनबाट फर्किएकी पाकिस्तानको निम्ति राजदूतमा प्रस्तावित सेवा लम्साललाई त्यसतर्फ पठाएको छ । कार्यवाहक राजदूत कृष्ण ढकाल र उपसचिव हरि आडारीबीच एकाबिहानै झडप हुँदा कृष्ण पन्त र गणेश अधिकारीले छुट्याउन परेको थियोे ।
लम्साल कुस्ताकुस्ती गर्ने यी दुवैलाई कि मिली बस्नु कि दुवैजना नेपाल फर्कनु भनी सम्झाई बुझाई शुक्रबार नेपाल आइपुगेको बताउन्छ । उता अमेरिकको सरकारले सहयोगमा सञ्चालित मिलेनियम च्यालेञ्ज नामका एउटा परियोजनामा मासिक अढाई लाख खाने गरी सरकारले बुटवलका सूर्य आचार्यलाई पठाउन लागेको छ । जनआस्था साप्ताहिक
Krina hari Puskar