ताजा खबर News

पचण्डको घरभित्र ठमठम गर्ने यि ठेकदार को हुुन ?

पचण्डको घरभित्र ठमठम गर्ने यि ठेकदार को हुुन ?

prachanda-nepalaaja अविश्वास प्रस्ताव बुझाउनु दुई दिनअघि एउटा पछुवा गाडीको सुरक्षासहित ११ बजेतिर ललितपुरको मानभवन आइपुगेका प्रचण्डलाई केही भारतीय कम्पनीका साझेदारले पछ्याएका छन् । आफूलाई प्रचण्डको व्यावसायिक साझेदार तथा विशेष सहयोगी बताउने निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीकोमा भएको २ अलग अलग भेटघाटमै धेरै योजना बनेका छन् ।

पहिलो भेटमा प्रचण्ड, कृष्णबहादुर महरा, वर्षमान पुन र विमलेन्द्र निधि बसेको बुुझिएको छ । जसमा बढी राजनितिक कुरा भएका थिए । प्रचण्डसँग ‘क’ श्रेणीका ठेकेदार अधिकारीले भारतीय कम्पनी रिलायन्स इन्फास्ट्रक्चरका प्रतिनिधिसहित विमलेन्द्र निधिका विश्वासपात्र जनकपुरे रौनियार थरका निमार्णव्यवसायीलाई भेटाएका हुन् । सरकार गठनसँगै फास्ट ट्रयांक स्वदेशी लगानीमा निमार्ण गर्ने ओली सरकारले योजना बनाए जसरी गैरभारतीय लगानीमा उत बाटो बनाउनै पर्दा नेपाली निमार्ण व्यवसायीले काम गर्न सक्छन् त ? भनेर प्रचण्डले अधिकारीलाई सोधेका थिए भने प्राविधिक सहयोग रिलायन्सबाट लिएर आफूहरुले बनाउन सक्नेमा अधिकारीले प्रचण्डलाई ढाडस दिए ।

प्रचण्डसँगको सल्लाहबारे अधिकारीले नेपाल निमार्ण व्यवसायी महासघंका अध्यक्ष जगतकुमार गौचनलाई सुनाएका छन् । विमलेन्द्र निधिको निर्देशनमा लामा कन्स्ट्रब्सनका जिपछिरिङ लामा, युनाइटेड बिल्डर्सका शकुन्तलाल हीराचनक सार्वजनिक मञ्चमा नेपालीले नै बनाउने भनेर फेस सेभिङ गर्ने सम्मको योजना बनेका छन् । प्रचण्डको हवाला दिएर माओवादी निकटका मैनाली थरका झापा निमार्ण व्यवसायी र हुमनाथ कोइरालाको बी. कुल कन्स्ट्रक्सनलाई समेत अगाडी सारेर देशैभरका कांगेस्र–माओवादीनिकट निमार्ण व्यवसायीले मोर्चा सम्हाल्ने तयारी गरिएको समेत स्रोतको दाबी छ ।

प्रचण्ड अचेल तनाव हटाउन र केही महत्वपूर्ण रणनीतिक निर्णय लिनुपर्दा मानभवनस्थित अधिकारीनिवास आउने गरेको बुभिएको छ । स्थानीय प्रत्यक्षदर्शीलाई भने को आयो किन आयो थाहा हुँदैन । जिल्ला प्रशासन कार्यालयको नजिक भएकाले सुरक्षाकर्मीको साथ गुडेको गाडीको खासै वास्ता गर्दैनन् । एक राई थरका स्थानीयले भने, त्यो गाडी यहाँ आएको एक दुई दिनमै राजनीतिक तमासा हुने कारण यस्तो पो रहेछ । जनआस्था साप्ताहिक

nakkali prachanda Prachanda

विशेष