ताजा खबर राजनीति News

संसदीय खेलमा एमाले अब्बल, यस्तो सम्म गर्न सक्छ एमाले ?

संसदीय खेलमा एमाले अब्बल, यस्तो सम्म गर्न सक्छ एमाले ?

 Uml

सत्ताबाहेक सबै भ्रम भन्ने सिद्धान्तलाई ठोसरुपमा एमालेले अपनाएको देखिन्छ । बहुदल स्थापनापछि का एकाध सरकारमा बाहेक एमाले सबै सरकारमा सहभागी छ । काँग्रेसले २ पटक बहुमत ल्याउंदाको सरकार, शेरबहादुर देउवा नेतृत्वको ०५२ को सरकार, सूर्यबहादुर थापा नेतृत्वको सरकारलगायतका केही सरकारमा बाहेक एमाले सिंहदरबारमा रहदै आएकोछ ।

दोस्रो जनआन्दोलनपछिका सबै सरकारमा एमाले सहभागी छ । बाबुराम भट्टराई नेतृत्वको सरकारमा पनि १३ दिनलाई मात्र  किन नहोस् एमाले सहभागी भएको थियो । रेग्मी सरकार गैरदलीय भनिएपनि एमालेका प्रतिनिधिपनि त्यहाँ सहभागी भएका थिए । एमाले प्रतिगमन आधा सच्चिएको भनेर सरकारमा गएको तथा पूर्वपंच लोकेन्द्र बहादुर चन्दको नेतृत्वमा सरकार बनाएको घटनाले एमालेलाई सधैं घोचिरहन्छ । एमालेले संसदीय अभ्यासको लाभ गणतन्त्र स्थापना भएपछि सबैभन्दा बढी लिएको छ ।

गणतन्त्र स्थापना भएको ८ बर्षमा एमालेले तीन पटक सरकारको नेतृत्व गरेको छ । लगातार १० बर्ष उसैको पार्टीले सभामुख पाएको इतिहास ताजै छ । राज्य संचालनका प्रमुख पद राष्ट्रपति, प्रधानमन्त्री र सभामुख मध्ये कुनै एकमा एमालेले सधैं बाजी मारेको छ । जबकी उ भन्दा ठूलो रहँदा पनि काँग्रेस र माओवादीले सबै पद गुमाएको पनि इतिहास पूरानो भइसकेको छैन । एमालेले पहिलो संविधानसभा पछि काँग्रेससँग मिलेर सभामुख पड्कायो र एमाओबादीसँग मिलेर सरकारमा गयो । कांग्रेसको काँधमा चढेर आफ्नै नेतृत्वमा सरकार बनाएको एमालले त्यसलगत्तै माओवादीसँग मिलेर अर्को सरकार आफ्नै नेतृत्वमा बनायो । माधब नेपाल काँग्रेसको सहयोगमा प्रधानमन्त्री बने । झलनाथ खनाललाई माओवादीले साथ थियो ।

यसै पृष्ठभूमीलाई केन्द्रीत गर्दै बेलायतमा उच्च शिक्षा अध्ययन गरिरहेका आरसी मरहठ्ठा लेख्छन्:

'नेपालमा सरकार चलाउने अनुभवमा एमाले अग्रपंक्तिमा नै रहेको छःतैपनि किन सोचेजस्तो परिबर्तन भयन, यो गम्भिर बिषय छ पछिल्लो बहुदल पछिका २६ बर्षमा २२ बटा सरकारहरु बने जसमा १७ वटा सरकारमा एमाले स्वयम सामेल छ ।

१‍‍. ०५१ मा मनमोहनको पालामा एमाले

२. ०५४ मा लोकेन्द्रबहादुर  चन्दको पालामा एमाले

३. २०६१ मा देउवा सरकारमा एमाले

४. २०६३ मा गिरिजा सरकारमा एमाले

५. २०६५ मा प्रचण्ड सरकारमा एमाले

६. २०६६ मा माधव नेपाल नेतृत्वको एमाले सरकार

७. २०६८ मा झलनाथ खनाल नेतृत्वको एमाले सरकार

८. २०६९ मा बाबुराम सरकारमा १३ दिन एमाले

९. २०७० मा सुशील सरकारमा एमाले

१०. २०७२ मा केपीको नेतृत्वमा एमाले सरकार ।'

काँग्रेस र माओवादी दुबै एक हुँदा एमाले बाहिर रहेको पहिलो पटक हो । यसअघि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा तीनै दल सहभागी सरकार थियो । त्यसपछि काँग्रेस-एमाले, माओवादी-एमाले सरकार बन्दै आएका थिए । बाबुराम भट्टराईको पालामा तीनै दल सरकारमा सहभागी भएपनि १३ दिनमै दुबै दल फिर्ता भएका थिए । सधैं तानातानमा पर्दै आएको एमाले यसपटक उछिट्टिएको छ । एमालेको भुमिका अबका दिनमा कस्तो हुन्छ ? राजनीतिमा परीक्षणको विषय बनेको छ ।

UM UML

विशेष