ताजा खबर पर्यटन News

‘चलो नेपाल’ भारतबाट सुरु

‘चलो नेपाल’ भारतबाट सुरु

12

पर्यटन बोर्डले भारतका मुख्य सहर लक्षित प्रचारात्मक अभियान गर्मी से बेहाल ? चलो नेपाल’ सुरु गरेको छ । सोमबारदेखि यो अभियान पुनः सुरु गरिएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।

गर्मी छल्न चाहने भारतीयका लागि नेपाल सही गन्तव्य हुने सन्देश बोकेको यस अभियानमा हालसम्म भारतीय नागरीकहरुले उत्साहजनक सहभागिता देखाएको बोर्डले दाबी गरेको छ । फेसबुकमार्फत सार्वजनिक गरिएको अभियान हालसम्म करिब ७० हजारले मन पराएको र सोही नै संख्यामा हेरिएको र थुप्रैले सेयर गरेको बोर्डले भनेको छ । बोर्डले सामाजिक सञ्जाल र वेबसाइटमार्फत नेपालको पर्यटन क्षेत्रको प्रचार–प्रसार गर्दै आइरहेको छ ।

Tourijam tourism in nepal

विशेष