सिधा भइन निमा, ढाड बांगो भएकी बच्चिको ग्राण्डीमा सफल उपचार
सुन्दा अचम्म लाग्न सक्छ तर जन्मदैं बाङ्गो डाढ भएकी एक बालिकाको ढाड डाक्टरले सोझ्याइदिएका छन् । शल्यक्रियामार्फत बालिकाको डाढ सोझ्याइएको हो । ८ बर्षकी निमा लामा काभ्रे जिल्लाबाट बाबा काजिमान लामा र आमा शुष्मा लामासँग काठमाडौं आएकी हुन् । हाल उनी काठमाडौं सामाखुसीमा रहेको रेडन स्कुलमा कक्षा तीनमा पढ्छिन् ।
जन्मदाखेरी नै उनको ढाड बाङ्गो भएकोले उनी आफ्नो बाङ्गो ढाडको उपचारका लागि बाबा आमासँग ग्राण्डि अन्तर्राष्ट्रिय अस्पताल थिइन् । बाबा आमाले काभ्रेस्थित एक अस्पतालमा उनको स्वास्थ्य परिक्षण गराएका थिए । त्यहाँका डाक्टरले निमाको जटिल शल्यक्रिया गर्नुपर्ने र यसका लागि सुबिधा सम्पन्न अस्पतालमा लैजान परामर्श दिए ।
निमाका बाबु आमालाई उनीहरुका एकजना आफन्तले काठमाडौंको धापासीमा रहेको ग्राण्डि अन्तर्राष्ट्रिय अस्पतालमा यस किसिमका जटिल शल्यक्रियाहरु सम्भव रहेको र यहाँ आएर डा बिनोद बिजुक्छेलाई जचाँउनका लागि सल्लाह दिएकी थिइन् । सोही सल्लाह बमोजिम उनीहरुले डा. बिजुक्छेसँग भेटेर निमाको उपचारबारे छलफल गरी निमाको शल्यक्रियाको निर्णय गरेका थिए । शल्यक्रियाका जटिलता र सम्भावित खतराहरुबारे डाक्टरहरुको टिमले उनीहरुलाई स्पष्ट जानकारी गराएको थियो ।
चिकित्सकहरुको ढाडस र आत्मविश्वास पछि आफुहरुले छोरीको उपचार आफ्नै देशको अस्पतालमा नै गराउने निर्णय गरेको निमाका बाबु काजिमान लामाले जानकारी दिए । उपचार टोलीको नेतृत्व गरेका ग्राण्डि अन्तर्राष्ट्रिय अस्पतालको स्पाइन सर्भिसेजका निर्देशक डा बिनोद बिजुक्छेले निमाको ढाडको बाङ्गोपना जन्मसँगै शुरु भएको र यसलाई चिकित्सकीय भाषामा ‘अर्ली अनसेट स्कोलियोसिस’ भनिने बताए ।
उनका अनुसार पाँच बर्षभन्दा कम उमेरका बालबालिकामा ढाड बाङ्गिने समस्या देखिएमा त्यसलाई अर्ली अनसेट स्कोलियोसिस भनिन्छ । निमामा यो समस्याले उनको फोक्सोको बिकासमा असर र्पुयाउने खतरा निम्त्याएको थियो । बढ्दो उमेरसँगै ढाड बाङ्गिने क्रम बढेर मुटु र फोक्सो थिचिने र त्यसले उनको जीवनको अवधि कम गर्ने र मृत्यु हुने खतरा रहेको समेत डा बिजुक्छेको भनाई छ ।
यो रड अत्यन्त महँगो छ, व्यापारीक रुपमा उपलब्ध ग्रोइङ रड एउटामात्रको मूल्य बीसलाख जति पर्न आउने भएकाले यो आम नेपालीको पहुँचमा छैन । ‘त्यसैले हामीले आफ्नो परिवेश र समाज सुहाँउदो र सुलभ किसिममा यस प्रबिधिलाई परिस्कृत गरेका छौं । यो हाम्रो आफ्नै डिजाईन हो । ग्राण्डि अस्पतालमा हामीले यो शल्यकृया करिब तीन लाख रुपैँयामा गर्न सफल भयौं ।’ डा बिजुक्छेले भने ।उनले, ‘यसै प्रविधिबाट हामीले शल्यक्रिया गर्याैं र शल्यक्रियापछि निमालाई सास फेर्न सजिलो भएको छ, उनको ढाड सिधा भएको छ, उनको उचाई पनि करिव पाँच सेन्टिमिटर बढेको छ, लामो छोटो रहेका गोडाहरुपनि बराबर भएका छन् र उनलाई हिड्न सजिलो भएको छ ।’ यस पछिको निरन्तर उपचारमा हरेक ६-६ महिनामा निमालाई सानो अप्रेशन गरेर उनको ग्रोइङ रडलाई लामो पार्नुपर्छ र यो क्रम उनको उचाई बढ्नेक्रम नरोकिएसम्म करिव १२-१३ बर्षको उमेरसम्म जारी रहन्छ ।
Grandi Grandi Hospial