News समाज

ओलीको अविश्वसनिय खेल आङछिरिङलाई उकास्न अर्बौको झेल

ओलीको अविश्वसनिय खेल आङछिरिङलाई उकास्न अर्बौको झेल
मर्ने त साखा सन्तानसहित मरिगए, बचेकालाई तिनको सम्पत्ति स्याहार्न धौधौ । २०५८ साल जेठ १९ गते राति वशंनाशमा परेका राजा विरेन्द्र दुई छोरा र रानी एक्ली छारीको नाममा रहेको २१ हजार ७ सय रोपनी जग्गा र दरबारहरुको व्यवस्थापन सम्बन्धमा कार्यविधि नै बनाएर जानुपर्ने भएपछि त्यसमा आँखा गाडिरहेका व्यापारीहरुले समेत चलखेलको अवसर पाएका छन् । पर्यटन अन्र्तगत मन्त्री, सचिव, नेपाल वायुसेवा, नागरीक उड्डयन प्राधिकरण र टुरिज्म बोर्डमा धन हुनेले कसरी आफ्नो मन परेका मान्छेलाई चलअचल सम्पति वर्षौसम्म भेगचलन गरिरहेकाहरुको स्वार्थसँग समेत अन्योन्याश्रित रुपमा गाँसिएको प्रमाण पनि हो, यो । नेपाल ट्रष्टले हेर्छ– पूर्वराजपरिवारको सम्पति व्यवस्थापन, यसमा प्रधानमन्त्री संरक्षक, गृहमन्त्री अध्यक्ष, मुख्यसचिव उपाध्यक्ष, अर्थ, कानुन, भुमिसुधारसहित सात सचिव सदस्य रहने छन् । अहिलेसम्म यसको ४० वटा बैठक बसिसकेको छ तर कुनैमा पनि संरक्षकले भाग लिएको पाइन्न । केपी ओलिमात्र यसमा अपवाद भैदिए । जसले ३ चोटि ट्रष्ट कार्यालय अवलोकन गरे, दुई वटा बोर्ड बैठकमा भाग लिए । यति एयरलायन्स सम्बद्ध आङछिरीङ शेर्पा उनका हितैषी हुन् । पूर्वराजपरिवारले भोगचलन गरेको काठमाण्डौको गोकर्णस्थित गल्फ रिसोर्ट सिंगापुरको एउटा कम्पनीले ओगटेको ५१ प्रतिशत शेयरसमेत किनेर यिनैले एकलौटि बनाएका छन् । उक्त रिसोर्ट चार हजार रोपनीमा फैलिएको छ । आइतबार बसेको बोर्ड बैठकले पास गरेको कार्यविधि हेर्ने हो भने एउटा कुरा प्रष्ट हुन्छ । त्यसमा आङछिरिङको दह्रो स्वार्थ गाँसिएको छ । जसअनुसार बिना नयाँ प्रतिष्पर्धा म्याद थप्दाथप्दै उनैले अकण्टक लिजमा गोकर्ण रिसोर्ट चलाइरन पाउनेछन् । नेपाल ट्रष्टको नाममा आएको सम्पत्तिको हिसाब गर्नुपर्दा जिब्रो टोक्नुपर्ने हुन्छ । बाह्रवटा जिल्लामा त जग्गा जमिन नै छ । काठमाण्डौ उपत्यकामा मात्रै ६ हजार रोपनी होला । नागार्जन पल्तिर धादिङक छत्रे देउरालीमा १५ हजार, सुर्खेतमा १५०, धनकुटामा २००, चितवनमा दियालो बंगालासहित ८ सय, पोखरामा रन मन्दीरसहित २००, हेटौडामा कान्ती ईश्वरी सहित २५, भक्तपुरमा ११३, ललितपुरमा ९, नुवाकोटमा २४० रोपनी, काठमाडौं प्लाजा, टेकुको बुधबारे कम्पलेक्स, लाजिम्पाटमा शंकर होटलछेउ स्ट्याण्डर चार्टड बैकं बसेको घर, सोल्टी होटल प्रांगणको ७ ÷८ वटा पसल कवल, गरिबि निवारण कोष, श्रम विभाग, सार्वजनिक खरिद अनसगमनको कार्यालय पूर्वराजाका सम्पति हुन् । यी सबैबाट वार्षिक भाडा भने साढे ४ करोड मात्र उड्ने गरेको छ । नबिल बैंकमा ७८ करोडको सेयर छ । एनआइसिडि र अन्नपूर्ण होटलमा समेत हिस्सेदारी छ । नेपाली मुद्रा २ करोड १८ लाख बराबरको पाउण्ड र डलर पनि बैंकमा भेटिएको छ । यी सबै सम्पत्तिलाई व्यवस्थापन गर्ने नाममा नै शिक्षा र स्वास्थ्यसंगै जोडेर नयाँ कार्यविधि तयार भएको हो । इमानका साथ काम गर्दा राज्यको सम्पत्ति सदुपयोग गर्न सक्छ तर कार्यान्वयन गर्ने राजनीतिज्ञ र व्युरोक्रेसीले हो । यिनैले २ – ४ पैसाको लोभमा व्यापारीसँग चोचोमोचो मिलाएर भनेचाहिँ जस्तासुकै कार्यविधि बनाए पनि ती देखाउने दाँतमा मात्र रहने पक्का छ । (जन अास्थामा प्रकाशित समाचारका अाधारमा)

Ang Chhiring Shrepa KP Sharma Oli Nepal Trust

विशेष