ताजा खबर राजनीति News

नक्कली आइडी बनाएर माधव नेपाल माथि ओली पक्षधर खनिएपछि एमालेमा हंगामा

नक्कली आइडी बनाएर माधव नेपाल माथि ओली पक्षधर खनिएपछि एमालेमा हंगामा
kp oli madhav साउन - १२ । सामाजिक संजालमा केपी शर्मा ओली पक्षधरले नक्कली आइडी बनाएर वरिष्ठ नेता माधवकुमार नेपालमाथि जे पायो त्यही लेखेको भन्दै नेपाल पक्ष आगो भएको छ । यसअघि वरिष्ठ नेता नेपालले फेसबुकमा उदण्डहरुमाफर्त आफ्नो बदनाम गर्न लगाइएको बताएका थिए । एमालेका युवा नेता निरज आचार्यले सामाजिक संजालमा नक्कली आइडीवालाले नेपालको बदनाम गर्न खोजेको उल्लेख गरेका छन् । माधव नेपालले पार्टी विभाजन गर्ने सम्मको स्टाटस लेखेर नेता नेपाललाई बदनाम गर्ने प्रयास गरिएको र सोको प्रतिवाद गर्न आवश्यक रहेको आचार्यले लेखेका छन् । Niraj Acharya about UMLE विवाद के हो ? केपी ओलीलाई सामाजिक संजालमार्फत हिरो बनाउने अभियानमा उनी पक्षधर रहेका छन् । नेपाल पक्षले लगाएको आरोपलाई आधार मान्ने हो भने कम्तिमा पनि ७२ जनाको टोली सामाजिक संजालमा संगठितरुपमा खटाइएको छ । युवा संघ र अनेरास्ववियु आबद्ध यो टोली ओलीका बिरुद्धमा कसैले केही लेखे जाइ लागिहाल्छ । त्यसमाथि नेता नेपालको खोइरो खन्न व्यस्त रहन्छ । यही टोलीको करामत थियोः ओलीको थमौतिका लागि गरिएको स्वतस्फुर्त आन्दोलन । कार्यक्रम स्थलबाट फर्केलगत्तै यो टोलीले भटाभट स्वतन्त्रहरुको फोटो अपलोड गरेपछि पोल खुलेको थियो । अहिले यो टोली माधब नेपाल र प्रचण्डका विरुद्धमा सक्रिय रहेको बताइन्छ । विगतमा एमाले कार्यकर्ता रहेका र हाल विभिन्न कारणले देश बाहिर रहेकाहरुलाई समेत संगठितरुपमा आफुहरुका विरुद्ध सामाजिक संजालमा लेख्नका लागि उपयोग गरिएको माधध नेपाल पक्षको भनाइ छ ।

KP Sharma Oli madhav kumar nepal Niraj Acharya

विशेष