अपराध सुरक्षा News

सिंहदरबारमा दिउँसै चोरी, सुरक्षा व्यवस्था थप कडा

सिंहदरबारमा दिउँसै चोरी, सुरक्षा व्यवस्था थप कडा
lootसाउन–१२ । प्रमुख प्रशासनिक निकाय सिहंदरबार सेना, प्रहरीसाथै सीसी टीभी क्यामराबाट चौबिसै घण्टा निगरानीमा रहिरहन्छ । कर्मचारी र सेवाग्राहीको चहलपहल भइरहने त्यही निकायभित्र सुरक्षाको प्रवन्ध कति फितलो छ भन्ने कुरा बुधबारको एक घटनाले चरितार्थ भएको छ । स्थानीय विकास मन्त्रालयका उपसचिव चिरञ्जीवी तिमल्सिनाको कार्यकक्षभित्रैबाट आइफोन, ल्यापटप र एक लाख रुपैयाँ नगद बुधबार दिउँसै गायब भएको छ । ‘कार्यालयमा आइसकेपछि मेरो कोठामा सामान राखें । अनि अर्को मिटिङमा गएँ । पैतालिस मिनेटपछि फर्किंदा सामान थिएन,’ उनले भने । उनले एक लाख रुपैयाँ आफूले ऋण तिर्नलाई ल्याएर आएको बताएका छन् । कर्मचारीहरुले नगद र ती सामान चोरी भएको बताएका छन् । तर, कसले चोर्याे भनेर खुलेको छैन । चोर पत्ता लगाउन प्रहरीले मन्त्रालयका सबै कर्मचारीहरुलाई खानतलासी गरेको छ । मन्त्रालयभित्र केही फेला नपरेपछि अहिले सिंहदरवारको दक्षिण गेटबाट बाहिरिनेहरु सबैको शरीर र झोला प्रहरीले चेकजाँच गरिरहेको छ । मन्त्रीको गाडी बाहेक कार, भ्यान, मोटरसाइकल, साइकल, र पैदल यात्रुहरुलाई पनि प्रहरीले जाँच गरिरहेको छ । अहिले सिंहदरवारमा प्रहरीले सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

loot Shingdarbar

विशेष