राजनीति News

राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्दै प्रचण्ड नेतृत्व

राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्दै प्रचण्ड नेतृत्व
साउन - १२ । प्रचण्डको नेतृत्वमा नेकपा माओवादी केन्द्रले बस्ने सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । prachanda-nepalaaja माओवादी केन्द्रको बुधबार बसेको हेडक्वार्टर बैठकले प्रधानमन्त्री केपी ओलीको राजीनामापछि राजनीतिक परिस्थितिको समिक्षा गरेको छ । बैठकले प्रचण्ड नेतृत्वमा बस्ने सरकारलाई राष्ट्रिय सहमतीय सरकार बनाउन सम्वद्ध राजनीतिक दलहरुसँग वार्ता गर्ने निर्णय गरेको छ । बैठकले वर्षासँगै आएको बाढी र पहिरो प्रभावितहरुको राहत तथा उद्दारको कार्यलाई तिव्रता दिन सरकारको ध्यानाकषर्ण गराएको छ । बैठक पुनः भोलि पनि बस्नेछ ।

Prachanda

विशेष