News समाज

सरकारले मिति, नीति दिए निवार्चन आयोग तीन वटै चुनाव गर्न सक्षम

सरकारले मिति, नीति दिए निवार्चन आयोग तीन वटै चुनाव गर्न सक्षम
Ayodhi yadavसाउन - १२ । सरकारले निवार्चन आयोगलाई मिति र नीति दिए तीन वटै चुनाव गर्न सक्षम रहेको प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले स्पष्ट पारेका छन् । ‘निर्वाचन आयोग सरकारले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न आतुर छ, जनताको लोकतन्त्रलाई बलियो बनाउन निर्वाचन साधन हो ।’ राजधानीमा बुधबार आयोजित कार्यक्रममा उनले बताए । उनले भने, ‘संविधानलाई आधार मानेर ०७४ माघ ७ सम्म तीनवटै निकायको चुनाव सम्पन्न गर्ने जिम्मेवारी छ, हामी यसलाई समयमै सम्पन्न गर्न आतुर छौं, यसको लागि हामीले आवश्यक ड्राफ्ट तयार गरिसकेका छौं ।’ कांग्रेस–माओवादीको नयाँ गठबन्धनले पनि यसबीचमा बन्ने दुइटा सरकारले तीनै वटा चुनाव गर्ने कार्ययोजना ल्याउने भएको छ । केपी ओली नेतृत्वको सरकारले यसअघि नै दुई वर्ष्भित्र तीनवटा चुनाव गर्ने कार्ययोजना ल्याएको थियो ।

Ayodhya Prasad Yadav nirbachan aayog

विशेष