देश News

टिकापुर घटनाकाे प्रतिवेदन गलत रहेको प्रधान कार्यलयको दाबी

टिकापुर घटनाकाे प्रतिवेदन गलत रहेको प्रधान कार्यलयको दाबी

साउन– १२ । एमनेष्टी इन्टरनेसनलले सार्वजनिक गरेको प्रतिवेदन प्रहरी प्रधान कार्यालयले गलत भएको दावी गरेको छ । प्रहरी प्रधान कार्यालयले मधेस आन्दोलनका क्रममा आठ सुरक्षाकर्मी र एक नावाबालकको ज्यान जानेगरी कैलालीको टिकापुरमा भएको घटनाको प्रतिवेदन गलत रहेको बताएको हो । केही दिन अघि सार्वजनिक भएको रिर्पोटमा टीकापुर घटनापछि प्रहरीले घटनामा संलग्न नदेखिएकालाई पक्राउ गरेको उल्लेख गरिएको थियो । त्यस्तै पक्राउपछी १४ वर्ष मुनिका नाबालकलाई सहित शारीरिक र मानसिक यातना दिएको प्रतिवेनमा जनाइएको थियो ।

घटनामा संलग्न रहेको भन्दै बयानमा जवरजस्ती हस्ताक्षर गर्न लगाएको साथै उपचार र कानुनी सहयोगी भेट्न नदिएको प्रतिवेनमा उल्लेख गरिएको थियो । प्रधान कार्यलयले एमनेष्टीले अनुसन्धानमा संलग्न पदाधिकारी, सरकारी वकिल, निकायका पदाधिकारीसंग सोधपुछ र छलफल समेत नगरी एकतर्फीरुपमा पूर्वाग्रही प्रतिवेदन बनाएर सार्वजनिक गरेको आरोप लगाएको छ । त्यस्तै प्रचलित कानुन बमोजिम अनुसन्धान गर्ने प्रहरीको काम कारवाही तथा अभियानलाई प्रभावित तुल्याउने गरी प्रतिवेदन सार्वजनिक गरेको प्रहरी प्रधान कार्यलयले ठहर गरेको छ । प्रधान कार्यालयले एमनेष्टीले सार्वजनिक गरेको ब्यहोरामा कुनै सत्यता नभएको भन्दै पाँच बुंदे प्रष्टिकरण समेत दिएको छ ।

Nepal Police Tikapur Ghatana

विशेष