
साउन – १२ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई बदनाम गर्न खोजिएको भन्दै पार्टी पंक्तिलाई सचेत हुन आग्रह गरेका छन् । पार्टी महासचिव ईश्वर पोखरेललाई हवाला दिएर एक साप्ताहिक पत्रिकाले माधव नेपालले पार्टी विभाजनसमेत गर्न सक्ने भनेर अभिव्यक्ति दिएको समाचार छापेको थियो ।
माधव नेपालका निजी सचिव मोहन गौतमले जारी गरेको विज्ञप्तिमा माधव नेपालले दिएको भनिएको अभिव्यक्ति पुष्टि गर्न चेतावनी दिइएको छ । माधव नेपालले विभाजित रहेका कम्युनिष्टहरुलाई एक ढिक्का बनाउंदै नेकपा एमालेको बृहत्त रुप बनाउन निर्णायक भुमिका निर्वाह गरेको विज्ञप्तिमा उल्लेख छ । अतिवादीहरुको पछि नलाग्न र पार्टीलाई सुदृढ बनाउन कटिबद्ध बनाउन नेता माधव नेपालका तर्फबाट आग्रह गरिएको छ ।
madhav kumar nepal