News समाज

मनपरी भाडा उठाउँदै, सर्वसाधारण ठग्दै

मनपरी भाडा उठाउँदै, सर्वसाधारण ठग्दै
Moneyसाउन–१२ । सार्वजनिक यातायातको भाडा निर्धारण गर्ने जिम्मा पाएको यातायात व्यवस्था विभागले भाडा निर्धारण नगर्दा केबलकार सञ्चालकले मनपरी भाडा उठाउने गरेका छन् । विसं २०५४ मङ्सिर ८ गतेदेखि नेपालमा केबलकार सञ्चालनमा आए पनि विभागले हालसम्म भाडा निर्धारण गरेको छैन । केबलकारलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा यातायातका रुपमा उल्लेख नगरिएकाले अहिलेसम्म विभागले भाडा निर्धारण नगरेको महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिए । केबलकारलाई व्यवस्थित गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्यविधि ल्याउने र कार्यविधि जारी भएपछि व्यवस्था भएअनुसार भाडा निर्धारण गरिने उनले भने । पहिलो मनकामना केबलकारका नायब महाप्रबन्धक वीरेन्द्र श्रेष्ठ कम्पनीकै तर्फबाट भाडा निर्धारण गरी लिने गरेको स्वीकार्छन् । केबलकार चढेर मनकामना दर्शन गर्न जाने यात्रु भने लगानी र खर्चका आधारमा कम्पनीले बढी नै भाडा उठाएको गुनासो गर्दै आएका छन् । साउनदेखि कुरिनटारबाट मनकामनासम्म दुईतर्फी रु. ६४० र एकतर्फी रु. ३८५ भाडा निर्धारण गरिएको छ, यसअघि दुईतर्फी रु. ५७५ र एकतर्फी रु. ३४५ लिइन्थ्यो । मनकामना केबलकारमा वार्षिक १० लाख यात्रुले यात्रा गर्ने गरेको कम्पनीले जनाएको छ । कम्पनीले उठाएको भाडाको एक÷एक प्रतिशत चितवन र गोरखा जिल्ला विकास समितिलाई बुझाइन्छ । लिमिटेडले सरकारी निकायसँग भाडा निर्धारण गराएर मात्र सार्वजनिक रुपमा यात्रुका लागि खुला गर्ने तयारी गरेको र कार्यविधि आएपछि केबलकारको भाडा निर्धारणको काम यातायात व्यवस्था विभागल गर्ने व्यवस्था गर्न लागिएको स्रोतले बताएका छन् ।

Bhada cable car Yatayat Bibhag

विशेष