ताजा खबर News

पूर्वयुवराज्ञी हिमानी शाह पनि फेसन शोमा

पूर्वयुवराज्ञी हिमानी शाह पनि फेसन शोमा

himani shah

काठमाडौं, साउन १३ । विभिन्न सामाजिक सेवामा सक्रिय पूर्वयुवराज्ञी हिमानी शाह फेसन शोमा सहभागि हुने भएकी छन् । हिमानी ट्रस्ट मार्फत विविध सहयोग एवम् सेवागर्दै आएकी हिमानी द ओरियन फेसन शो–२०१६ मा प्रमुख अतिथीको रुपमा सहभागी हुन लागेकी हुन् ।

११ वर्षदेखि सञ्चालनमा रहेकोे ओरियल बुटिकले सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गर्ने उदेश्यले द ओरियन फेसन शो–२०१६ गर्न लागेको हो । अश्विनी झाले कोरियोग्राफी गर्ने फेसन शोमा श्वेता खड्का, अशिष्मा नकर्मी, सम्पदा बानियाँ, नीता ढुंगाना लगायतका नायिकाहरुसँगै १८ जना व्यवसायिक मोडलहरुले क्याटवाक गर्नेछन् ।

कार्यक्रमबाट संकलित रकम डाउन सिन्ड्रम सोसाइटी अफ नेपाल, बर्न भ्वाइलेन्ट सर्भाइभर्स नेपाल तथा बेबी लाइफ होमलाई प्रदान गरिने छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आगामी भदौ १० गते शुक्रबार आर्मी अफिसर्स क्लबमा फेसन शो आयोजना गरिने जानकारी गराइएको छ ।

himani shah

विशेष