ताजा खबर विदेश News

टर्कीमा १ सय ३१ समाचारसंस्था बन्द

टर्कीमा १ सय ३१ समाचारसंस्था बन्द

Turkey

साउन १३ । टर्की सरकारले विभिन्न सञ्चार माध्यममा प्रतिबन्ध लागाएको छ । दुई हप्ता अघि भएको असफल सैनिक कुको प्रयासमा साथ दिएको आरोपमा टर्की सरकारले समाचार संस्था, टेलिभिजन, दैनिक पत्रपत्रिका, म्यागजिन तथा प्रकाशक गरी एक सय ३१ वटा सञ्चार माध्यम बन्द गराएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

कुमा संलग्न भएको आरोपमा तीन वटा समाचार संस्था, १६ वटा टेलिभिजन, ४५ वटा दैनिक पत्रपत्रिका तथा १५ म्यागजिन बन्द भएका छन् । यस्तै २९ वटा प्रकाशन संस्था पनि बन्द गरिएका छन् । बन्द गरिएका सबै सञ्चार माध्यम अमेरिकासहितका पश्चिमा राष्ट्रबाट प्रभावित वा समर्थित रहेको रोयटर्सले उल्लेख गरेको छ । त्यस्तै सरकारी अधिकारीले ४७ जना पत्रकारलाई पक्राउ गर्न आदेश दिएका छन् भने ४२ जना पत्रकार विरुद्ध वारेन्ट जारी भएको छ । यस्तै १६ सय ८४ जना सैनिक अधिकारीलाई पद मुक्त गरेको छ ।

Turkey

विशेष