सिरियामा अर्को नरसंहार

साउन १३ , उत्तरपूर्वी सिरियास्थित कुर्द बसोबास रहेको शहर कामिश्ली बम हमालामा ४० जना मारिएका छन् र १०० जना भन्दा बढी घाइते भएका छन् ।
टर्कीको सीमाना नजिकै रहेको हसाके प्रान्तमा भएको उक्त आक्रमणको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ । उत्तरी सिरियामा कुर्द बाहुल्य रहेका लडाकु अमेरिकी नेतृत्वको गठबन्धनको समर्थनमा आइएस विरुद्ध लडिरहेका छन् । आइएसले आफ्नो समाचार संस्था अमाकमा स्थानीय कुर्द प्रहरी चौकी र सरकारी भवन नजिकै एकजना आत्मघाती हमलाकारीले ट्रक विस्फोट गराएको बताएको छ ।
Siriya