ताजा खबर राजनीति News

प्रचण्डको घरमा नियुक्ति माग्नेको ताती

प्रचण्डको घरमा नियुक्ति माग्नेको ताती

prachanda-nepalaaja काठमाडौं,  साउन १३ । प्रस्तावित प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनको प्रमुख साझेदार कांग्रेससँग प्रधानमन्त्री र अर्थमन्त्रीसहित आठ मन्त्रालय लिने समझदारी बनाएकाल विगतको समिक्षा गरी आगामी दिनमा अवलम्बन गर्नु पर्ने नीतिका बारेमा परामर्श थालेका छन् ।

‘अब सरकारमा जाँदा कस्तो नीति लिनुपर्छ, मलाई सल्लाह दिनुस ’प्रचण्डले केन्द्रीय सचिवालयका नेताहरुसँग बुधबारको बैठकमा भने । तर नेताहरुको सुझाव सुन्न नपाउँदै प्रचण्ड अर्को बैठकमा जानु पर्ने हतारमा रहेका कारण बिहीबार बिहान बैठक बोलाइएको छ । संविधान कार्यन्वयनका लागि चैतसम्म स्थानीय निकायको निर्वाचन गराइसक्नुपर्ने, तराई मधेसका मुद्दा संशोधन गर्न संविधान संशोधन प्रक्रिया अगाडि बढाउनु पर्ने, संविधान संशोधनका लागि प्रतिपक्षमा बस्न लागेको एमालेलाई सहमतिमा ल्याउनु पर्ने, भारत र चीनसहित अन्तर्राषट्रिय समुदायका बीचमा सन्तुलित कूटनीति कायम राख्न सक्नु पने, भूकम्प पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने, आफूभन्दा ठूलो दल कांग्रेससँगको समझदारीलाई बचाइराख्नु पर्ने, सशस्त्र द्वन्द्वकालीन मुद्दालाई किनारा लगाएर शान्तिप्रक्रियालाई पूर्णता दिनु पर्ने, योग्य र दक्षलाई मन्त्री बनाउन र राजनीतिक नियुक्तिमा पनि क्षमतावानलाई प्राथमिकता दिन नेताहरुले सुझाव दिन थालेका छन् ।

यसैबीच प्रचण्ड, नेताद्वय कृष्णबहादुर महरा र वर्षमान पुनसमक्ष राजनीतिक नियुक्तिका लागि सिफारिस लिएर जानेको ताँती लाग्न थालेको छ । आफ्नै पार्टीका नेताले आफू निकटका व्यक्तिलाई विभिन्न पदमा नियुक्तिका लागि सिफारिस गर्न थालेको एक नेताले बताए । अन्नपूर्ण पोष्ट

Prachanda prachanda son

विशेष