बाढी पहिरोका कारण देशका विभिन्न स्थानमा ६६ जनाको मृत्यु १५ वेपत्ता
काठमाडौं, साउन १३ । लगातारकोे बाढीपहिरोका कारण देशका विभिन्न भागमा ज्यान गुमाउने मानिसहरुको संख्या ६६ पुगेको गृह मन्त्रालयले जनाएको छ । गृहद्वारा जारी विज्ञप्तीमा अनुसार र ३१ जना घाइते भएका छन् भने १५ जना मानिसहरु अझै हराइरहेका छन् । केन्द्रीय दैवी प्रकोप उद्धार समितिले उद्धार तथा राहत कार्यमा आवश्यक सम्पूर्ण जनशक्ति परिचालन गर्ने निर्णय गरेको कामचलाउ सरकारका गृहमन्त्रीले बताएका छन् ।
गृह मन्त्रालयका अनुसार बाढीपहिरोका कारण प्यूठान जिल्लामा सबैभन्दा बढी ३१ जनाको ज्यान गएको छ । बाँके जिल्लाका विभिन्न डुबान प्रभावित क्षेत्रबाट १२ सयको हाराहारीमा मानिसहरुलाई सुरक्षित स्थानमा ल्याएर आवश्यक प्रबन्ध मिलाएको पनि गृहले जनाएको छ ।
त्यसैगरी गुल्मीमा ७ जना, बाग्लुङ्गमा ६, पाल्पा र रोल्पामा चाररचारजना, मकवानपुरमा ३, अर्घाखाँची, रुपन्देही र झापामा दुईरदुईजना र राजधानी काठमाडौं, दोलखा, सर्लाही, पर्वत र उदयपुरमा एकरएकजनाको ज्यान गएको उक्त मन्त्रालयले जनाएको छ ।
Badhi Pahiro Nepal Bipat