११ सय सत्र पदका लागि १ लाख १६ हजार ३ सय ४० आबेदन
साउन १३ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका ९ विषयमा पढाउनेमा आवश्यकता भन्दा चार गुणा बढी आबेदन परेको छ । ११ सय १७ शिक्षक माग गरेको आवेदनमा १ लाख १६ हजार ३ सय ४० जनाको आवेदन परेको छ । आयोगले ०६३ वैशाख १० देखि रिक्त रहेको दरबन्दीमा स्थायी पदपूर्तिका लागि जेठ ९ मा विज्ञापन गरेको थियो । स्थायी अध्यापन अनुमति पत्र लिएकाले मात्रै आवेदन दिएका हुन् ।
आयोगले ०६९ मा प्रावि, निमावि र माविको १३ हजार ५९ पदमा विज्ञापन गर्दा चार लाख १३ हजार अर्थात् ३१ गुनाले आवेदन दिएका थिए । गत असारमा परीक्षा लिएको माध्यमिक तहमा १४ बिषयमा ६ सय ११ चाहिनेमा ३८ हजारले परीक्षा दिएका थिए ।
यसपालि निमावि तह तृतीय तहमा आवेदन दिएकामध्ये अनिवार्य नेपालीमा १ सय ६२ शिक्षक मागिएकोमा ४२ हजार ५ सय ९५ ले आवेदन दिएका छन् । त्यस्तै, १ सय ७२ मा गरिएको सामाजिक विषयमा ३४ हजार ६ सय ११ ले आवेदन दिएका छन् भने ३ सय २६ माग गरिएको अंग्रेजीमा २३ हजार ७१ ले आवेदन दिएका छन् ।
नेपाली, सामाजिक र अंग्रेजीजस्ता विशष देशभरि नै ठूलो संख्यामा आवेदन आएको भए पनि संस्कृत भाषा, संस्कृत व्याकरण र कम्युटर विज्ञानमा भने निकै थोरै आवेदन परेका छन् । १ जना माग गरिएको संस्कृत भाषामा १० ले आवेदन दिएका छन् भने २ माग गरिएको कम्प्युटर विज्ञानमा ५० र ४ जना शिक्षक माग गरिएको संस्कृत व्याकरणमा १४ जनाले दरखास्त दिएका छन् ।
नेपाली विषयमा पूर्वाञ्चलमा ४९ जना चाहिनेमा १० हजार २ सय पाँच जनाले दर्खास्त दिएका छन् । मध्यमाञ्चलमा २६ जना चाहिनेमा ९ हजार तीन सय ४७, पश्चिमाञ्चलमा ३९ जना चाहिनेमा ११ हजार, मध्यपश्चिमाञ्चलमा २९ जना चाहिनेमा सात हजार ८५, सुदुरमा १९ जना आवश्यकतामा चार हजार नौ सय ४९ जनाले आवेदन दिएका छन् ।
मध्यमाञ्चलमा ४७ जना अंग्रेजी शिक्षक चाहिनेमा चार हजार पाँच सय ९१ जनाले आवेदन दिएका छन् । यो संख्या ७९ गुना बढी हो । सामाजिक विषयमा पूर्वमा ४३ चाहिनेमा ७ हजार ६ सय ५३, मध्यमा ३६ जना चाहिनेमा नौ हजार ८७, पश्चिमाञ्चलमा ५१ मा ७ हजार एक सय ७९, मध्य पश्चिमा ३० जनामा सात हजार नौ र सुदुर पश्चिमाञ्चलमा १२ जना चाहिनेमा तीन हजार ६ सय ८३ जनाले आवेदन दिएको आजको कान्तिपुर दैनिकमा खबर छ ।
Nepali Teacher Teachers Nepa