अर्थ ओटोमोबाइल ताजा खबर News

साझा यातायातले थप ३० बस ल्याउने

साझा यातायातले थप ३० बस ल्याउने

काठमाडौं साउन १३ । साझा यातायातले थप ल्याउन लागेका ३० वटा बसको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । काठमाडौं महानगरपालिकाको रु १० करोड सेयर लगानीमा साझाले भारतबाट ल्याउन लागेका थप नयाँ ३० बस निर्माण भइसकेको र अबको केही दिनमा नेपाल आइसक्ने साझा यातायातका कामु कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले जानकारी दिए ।

प्रमुख पाण्डेका अनुसार काठमाडौंको सहरी यातायात व्यवस्थित बनाउनका लागि ठूला बसको आवश्यकता महसुस भएकाले थप ३० ठूला बस ल्याउन लागिएको हो । साउन महिनाभरिमा ल्याउन लागिएका सबै बस आइसक्ने र भदौको पहिलो साताबाट सञ्चालनमा रहेका १६ र ल्याइने ३० बस गरी काठमाडौं उपत्यकामा साझाका ४६ बसले नागरिकलाई सेवा दिनेछन् ।

अन्तर्राष्ष्ट्रिय मापदण्ड अनुरुपका सबै बस अपाङ्गमैत्री रहेका छन् । जम्मा ४० सिट रहने उक्त बस शारीरिक रुपमा अशक्त रहेका व्यक्तिका लागि बसको पछिल्तिरको ढोकाबाट ह्विलचेयर समेत राख्न र निकाल्न मिल्नेगरी निर्माण गरिएको छ । लामो समय बन्द रहेर २०७० वैशाखदेखि पुनः सञ्चालनमा आएको साझाले अन्य यातायातको साधनले जस्तो सर्वसाधारणसँग जथाभावी भाडा असुल नगरी विद्यार्थीका लागि रु १० र अन्य नागरिकका लागि रु १५ निर्धा्रित शुल्क लिँदै आएको छ ।

Sajha Yatayat

विशेष