अर्थ देश प्रवास News

बिदेशबाट पैसा पठाउदा कुनै शुल्क नलाग्ने

बिदेशबाट पैसा पठाउदा कुनै शुल्क नलाग्ने

Remi काठमाडौं साउन १३ । कामको सिलसिलामा गएका नेपाली कामदारहरुले पैसा पठाउँदा लाग्ने कमीसन तथा अन्य शुल्क नेपाल सरकारले ब्यहोर्नु नपर्ने निष्कर्ष ब्यवस्थापीका संसदको बिकास समितिले निकालेको छ । बिकास समितिको हालै बसेको बैठकले बैदेशिक रोजगारीमा कामदार पठाउन सम्झौता गर्दा रेमिट्यान्स बैकहरु मार्फत भित्रिने ब्यवस्था गर्न सरकार तथा श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यसरी नै नेपाली कामदारहरुले बिदेशमा कमाएको पैसा पठाउँदा लाग्ने शुल्क तथा कमीसन समेत नेपाल सरकारले तिर्ने गरी नीतिगत ब्यवस्था गर्न समेत सरकार, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैकलाई संसदको बिकास समितिले निर्देशन दिएको छ ।  यस निर्देशनको पालना भएमा बिदेशमा श्रम बेच्ने गएका नेपालीहरुले बैकिङ्ग प्रणाली मार्फत आफुले कमाएको पैसा सिधै पठाउँदा कुनै शुल्क लाग्ने छैन । साथैं समितिले बैदेशिक रोजगारीमा जाने कामदारलाई बैकिङ्ग प्रणाली मार्फत पैसा पठाउने तरीका, बैकको बैदेशिक मुद्रा सम्वन्धि नीति नियम तथा बित्तिय ब्यवस्थाका बारेमा अभिमुखीकरण गराउन समेत सम्वन्धित निकायलाई निर्देशन दिएको छ ।

Baideshik Rojgari Remitance Rojgar khabar

विशेष