खेल ताजा खबर News

मैत्रीपूर्ण महिला भलिबलमा नेपाल र भारत भिड्दै

मैत्रीपूर्ण महिला भलिबलमा नेपाल र भारत भिड्दै

Vollyball काठमाडौं, साउन १३ । मैत्रीपूर्ण भलिबलमा नेपालले आज भारतको सामाना गर्दै छ । नेपाल भलिबल संघको आयोजनामा खेल राजधानीको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने खेलमा नेपाली टोलीले आज भारतीय टोलीलाई रोक्ने लक्ष्य लिएको छ । १४ सदस्यीय टोलीमा १२ औ सागका ९ खेलाडी समाबेश छन् ।

आफूभन्दा बलियो टोलीसँग हुने मैत्रिपूर्ण खेलमा यसअघिको भन्दा सुधारिएको प्रदर्शन गर्ने नेपाल लक्ष्य रहेको छ । आसन्न १३औं सागको अभ्यासको खेलको रुपमा पनि हेरिएको छ ।

Vollyball

विशेष