मुगुमा आगलागी, लाखाैंकाे क्षती

साउन - १३ । मुगुकाे सदरमुकाम गमगढी बजारको एक घरमा आगलागी भएको छ । नेपाल टेलिकम नजिकै रहेको हस्तबहादुर भामको तीन तले घरमा बिहीबार विहान ९ बजे आगलागी भएको हो ।
आगलागीबाट लाखौंकाे क्षति भएको बताइएको छ । माथिल्लो तलाबाट सुरु भएको आगो बजारबासी, नेपाल प्रहरी र नेपाली सेना लगायतको सक्रियतामा निभाइएको थियो ।
विद्युत सट भएर आगो लागेको अनुमान गरिएको छ । आगलागी भएको सो घरमा व्यावसाय र डेरा गरी चार परिवार बस्दै आएका थिए ।
आगलागीबाट माथिल्लो तलामा रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने बीच तला र भुईं तलाको सामानमा आंशिक नोक्सानी पुगेकाे प्रहरीले जनाएकाे छ ।
fire in nepal mugu