देश News

दशगजा क्षेत्रमा नेपालीले भारतिय बाँध भत्काइदिएपछि...........

दशगजा क्षेत्रमा नेपालीले भारतिय बाँध भत्काइदिएपछि...........
[caption id="attachment_14784" align="alignleft" width="300"]saptari baadh ujyaalo90[/caption] साउन – १३ । सप्तरीको तिलाठीस्थित दशगजा क्षेत्रमा नेपाली स्थानीय युवा र भारतीय स्थानीयबीच झडप भएको छ । बाढी रोक्न दशगजा क्षेत्रमा बिहीबार बिहानैदेखि भारतीयहरुले एकतर्फी रुपमा बनाउन लागेको बाँध स्थानीय नेपाली युवाहरुले भत्काएपछि झडपको स्थिति सिर्जना भएको हो । दुबै तर्फका युवाहरु बाँसको भाटा र लाठी लिएर एकअर्कामाथि जाइलागेका छन् । घटनास्थलमा सप्तरीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुको उपस्थिति छ । भने भारतीय सुरक्षा प्रमुख तथा अधिकारीहरुको पनि उपस्थिति छ । दुबैतर्फका सुरक्षाकर्मीहरुले झडपलाई नियन्त्रणमा लिने प्रयास गरेको भए पनि हजारौंको संख्यामा रहेका स्थानीयको झडप विथोल्न सकिएको छैन । स्थिति तनावपूर्ण छ । सुरक्षा प्रमुखसहित नेपाली पक्ष दशगजा क्षेत्रमा पुगेपछि नेपाली युवाले भारतीयले दशगजा क्षेत्रमा बनाएका बाँधको ८० प्रतिशत भाग भत्काइदिएका थिए ।

DashGaja Saptari

विशेष