विदेश News

आइएस विद्रोही संगठनबाट बाहिरियो नुसरा

आइएस विद्रोही संगठनबाट बाहिरियो नुसरा

साउन १४ । सिरियाको जिहादी समूह जबहात अल नुसरा अल कायदाको समूहबाट बाहिरिएको छ । यो संगठनलाई नुसरा फ्रन्टकोे नामले चिनिदै आएको थियो । संगठनका नेता अबु मोहम्मद ला जुलानीले छुटिएको आफ्नो संगठनको नाम जबहात फतेह अल शाम हुने बताएका छन् । यो संगठनलाई सिरियामा संघर्ष गर्ने इस्लामिक स्टेट संगठनको साथ हुने बताइएको छ ।

अलकायदाका दोस्रो नम्बरका नेता अहमद हसन अबुले नुसरा फ्रन्टको यस कदम प्रति समर्थन जनाएका छन् । गएको हप्ता मात्र अमेरिकी विदेश मन्त्री जोन केरी तथा रुसी विदेश मन्त्री सर्गेई लावरोवले भनेका छन् ‘इस्लामिक स्टेट तथा नुसरा फ्रन्ट विरुद्ध हाम्रो कारबाही निरन्तर हुन्छ ।’ सिरियामा सन् २०१२ मा गृह युद्ध सुरु हुँदा नुसरा फ्रन्टले इन्टरनेटमा आफ्ना उपस्थितबारे भिडियो सार्वजनिक गरेको थियो । नुसरामा अहिले १० हजारसम्म लडाकुहरु भएको अनुमान गरिएको छ । एजेन्सी

ISI Nusara

विशेष