ताजा खबर News सामाजिक सञ्जाल

फेसबुक र ट्विटरबाट विस्थापित भएकाहरु

फेसबुक र ट्विटरबाट विस्थापित भएकाहरु
Facebook

हाइ–५ मा भेट भएका सुवास अधिकारी र ओजस्वी आचार्यको सम्बन्ध प्रगाढ हुदै वैवाहिक सम्बन्ध मा पुग्नु अघिनै उनीहरु हाइ–५ छोडेर फेसबुक प्रयोग गर्न थालिसकैका थिए । ‘कुनै समय हाइ–५ मा मेरा सयौं साथी थिए त्यहाँ फोटो सेयर गर्ने’ नयाँनयाँ साथी बनाउने र उनीहरु सँग रमाइला कुरा गरी समय बिताउने गरिन्थ्यो’, आज भन्दा १३ वर्ष अघि पढ्न काठ्माढौं छिरेका धनुषा निवासी रमेश बराल सम्झिन्छन् । सामाजिक सञ्जाल भन्ने बित्तिकै सबैको मुखमा आउने नाम हो फेसबुक र ट्विटर ।

यसको प्रमुख कारण सामाजिक सञ्जालमा यी दुईको प्रभुत्व नै हो । २००४ मा मार्क जुगरबर्गलेफेसबुकको सार्वजनिक गरे यता नै सामाजिक सञ्जालको दुनियाँमा यसले प्रभुत्व जमायो । जुगरबर्ग रातारात अर्बपति भए । तर फेसबुक र ट्विटर बिनाको समय पनि थियो । जहाँ फेसबुक र ट्विटर जस्ता सामाजिक सञ्जालको विकास भएका त थिए । तर, यी सामाजिक सञ्जाल हुन सकेका थिएनन् । यसको अर्थ तिनको प्रयोग र पहुँच सबैमा थिएन् । भएकाले पनि फेसबुक र ट्विटर को आगमनसागै आफ्नो अस्तित्व नै गुमाउदै गएका छन् ।

फेसबुक र ट्विटरले पारेको प्रभाव कस्तो छ भने कतिपय त इन्टरनेटसँगै फेसबुक र ट्विटर को विकास भएको मान्छन् । इन्टरनेटको विकास मानिसलाई विश्वसँग जाडिने अवसर प्रदान त गर्यो, तर अहले फेसबुक र ट्विटर जस्तो फ्रि र सहन सामाजिक सञ्जाल थिएन् । त्यो इन्टरनेटको दुनियाँमा हेर्ने थुप्रै सामाजिक सञ्जालको विकास भए । कतिपए सामाजिक सञ्जाल हामीले नामै सुन्न नपाइ हराए । फेसबुक र ट्विटरको विकास हुनु भन्दा पहिले इन्टरनेट दुनियाँमा देखापरेको सामाजिक सञ्जालमा ‘फे्रन्डसटर’, ‘माइस्पेस’, ‘सेकेन्ड लनइफ’ र हाइ–५ हुन् । यसको अस्तित्व फेसबुक र ट्विटरको विकासले हरायो । प्रतिस्पर्धामा टिकन नसकि बिलाए ।

इन्टरनेटको विकासले इन्टरनेटनसँग जोडिएका लाखौँ मानिसलाई एकै ठाँउमा ल्याउन सकिन्छ भन्ने सोचले पहिलो पटक सामाजिक सञ्जालका रुपमा विकास भयो । कतिपय अन्तराष्ट्रिय सञ्चार माध्यमले माइस्पेसको अन्त्य फेसबुक र ट्विटरको विकासको कारण बताएको छ । यस भन्दा अघिका सामाजिक सञ्जाल फेसबुक र ट्विटर जस्ता सहज र आकर्षक थिएनन् । आज को समयमा फेसबुक र ट्विटर सबै मानिसहरुको लागि सहज र आकर्षक बनेको छ । अन्नपूर्ण

Facebook Twitter

विशेष