राजनीति विदेश News

भारतले भन्यो नेपालको सत्ता परिवर्तनमा हर्ष न विस्मात

भारतले भन्यो नेपालको सत्ता परिवर्तनमा हर्ष न विस्मात

Bikas

साउन १४ । भारतले नेपालमा भएको सरकार परिर्वतनको तयारीलाई आन्तरिक मामिला भएको छ । भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास स्वरुपलाई प्रधानमन्त्री केपी ओलीको राजीनापछि भारत खुसी भएको हो भनेर प्रश्न सोधिएको थियो । तर, प्रवक्ता स्वरुपले सरकार न त खुसी छ, न दुःखी नै रहेको बताए ।

जुन सुकै देश भएपनि जस्तो नेतृत्व छ, उसँग काम गर्नु सरकारको दायित्व भएको उनले बताए । उनले अघि भने, पछिल्लो राजनीतिक परिर्वतनलाई अन्तरिक मामिला हो । प्रधानमन्त्री ओलीको राजीनामापछि भारतीय सञ्चार माध्यमहरुमा भारत खुसी भएकोदेखि नेपाली राजनीतिमा भारत पुनरागमन हुने समाचार प्रकाशित गरेका थिए । त्यस्तै भारतले नेपालमा बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । उसले नेपाल सरकारले आग्रह गरेमा जुनसकै प्रकारको सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

Bikas Swaup Indidan Politics

विशेष