खेल ताजा खबर News

मैत्रीपूर्ण भलिबलमा नेपाल पराजित

मैत्रीपूर्ण भलिबलमा नेपाल पराजित

v2

काठमाडौं, साउन १४ । नेपालले भारतविरुद्धको मैत्रीपुर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि खेल जित्न सकेन । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद(राखेप)को कभर्ड हलमा भएको खेलमा भारतले नेपाललाई सोझो सेटमा पराजित गर्यो । भारतलाई २५–२०, २५–१९ र २७–२५ सोझो सेटमा हराएको हो । घरेलु मैदानमा नेपालले अहिले सम्मकै उत्कृष्ट प्रदर्शन गर्दे भारतलाई दबाबमा राखेको थियो । खेल २२–२२ को बराबरी भएको बेला प्रतिभा मालीको लगातार दुई स्पाइएकले २ अंक जोडे पछि नेपाल २४–२२ को अवस्थामा चुके पछि नेपाल ३–० को सोझो सेटमा हारेको थियो ।

कप्तान एवम सेटर बिनिता बुढाथोकीले अन्तिममा खेल नियन्त्रणमा राख्न नसकेको बताईन । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी प्रतिभाले सर्वाधिक २६ स्कोर गरिन । नेपालले अर्को मैत्रीपूण खेल आज खेल्नेछ ।

Vollyball

विशेष