इतिहासमा आज ताजा खबर News

यो भोटो तपाईको त हैन

यो भोटो तपाईको त हैन
A man shows ‘Bhoto’ during Bhoto Jatra festival as known as Rato Machhindranath Jatra at Jawalakhel in Lalitpur on Friday, June 7, 2013. Photo: Dipesh Shrestha/Nagarik/Republica

कतै तपाईंको भोटो हराएको त छैन ? यदि सुनको तासमा हीराजडित तपाईको फोटो हराएको छ भने आज जावलाखेल जान सक्नुहुन्छ । शायद त्यहाँ देखाइने भोटो तपाईको पो हो कि ? साँच्चै वर्षौदेखि स्वामित्व दावी गर्न नआएपछि रातो मच्छेन्द्रनाथको मन्दिरमा राखिएको यो भोटोको मालिक पत्ता नलागैकै किम्बदन्तीका आधारमा वर्षेनी भोटो देखाउने प्रचलन रहँदै आएको हो ।

ललितपुरको जावलाखेलमा बुंगमतीबाट तानेर ल्याइएको रातो मच्छेन्द्रनाथको रथ यात्राका क्रममा यो भोटो देखाउने गरीन्छ । यसपटकको भोटोजात्रा आज शुक्रबार परेको छ । यस अवसरमा राष्ट्रपति प्रधानमन्त्रीसहित राज्यका उच्च पदाधीकारीसहितको उपस्थितिमा मच्छेन्द्रनाथका पूजारीले भोटो सार्वजनिक गर्ने प्रचलन छ । राष्ट्रपति विद्यादेवी भण्डारी आज अपरान्ह ४ वजे जावलाखेल पुगेर मच्छेन्द्रनाथको दर्शन र भोटोजात्रा अवलोकन गर्नुहुने उहाँका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । भोटोजात्राकै अवसरमा सरकारले शुक्रबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा समेत दिएको छ ।

Bhoto Jatra

विशेष